डिजेल र मट्टितेलको मूल्य घट्यो

डिजेल र मट्टितेलको मूल्य घट्यो

नेपाल आयल निगमले डिजेल र मट्टितेलको बिक्री मूल्य फेरि घटाएको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा एकरएक रुपैंया घटाउने निर्णय गरेको हो । निगमका प्रवक्ता दीपक बरालका अनुसार सार्वजनिक यातायातको भाडा कम गर्न सरकारलाई सहयोग होस् भन्ने उद्देश्यले डिजेल र मट्टितेलको मूल्यमा प्रति लिटर एकरएक रुपैंया घटाइएको हो ।
उहाँले अन्तर्रा्ष्ट्रिय बजारमा मूल्य समायोजन नभए पनि सरकारको आग्रहमा बिक्री मूल्य घटाइएको र यसले सम्पूर्ण यात्रुवर्गलाई सहयोग पुग्ने बताउनुभयो ।
भाउ घटेपछि डिजेल र मट्टितेलको मूल्य ८१ रुपैंया कायम हुनेछ । पेट्रोल तथा खाना पकाउने ग्यासको मूल्य भने पुरानै कायम हुने निगमले जनाएको छ ।
Previous
Next Post »