दुबईमा रहेका नेपालीहरुलाई दूतावासको अत्यन्त जरुरी सूचना
UAE : Sarjah
संयुक्त युनाइटेड इमिरेट्स (युएई)मा रहेका रहेका नेपालीहरुलाई कोरोनाभाइरस(कोभिड-१९)बाट बच्नकालागि उच्च सतर्कता अपनाउँन दूतावासले आग्रह गरेको छ | बिहिबार एक सूचना जारी गर्दै दुबई स्थित नेपाली दुतावासले कोरोनाभाइरसको संक्रमण बढ्दै गएकाले उक्त भाइरसबाट बच्न अपनाउनुपर्ने आवश्यक उपाय अपनाउन अनुरोध गरेको हो |
दुबईमा हालसम्म ७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ | जसमध्ये १७ जना उपचारपछि घर फर्किएका छन् | संक्रमित हुने विभिन्न देशका नागरिकहरुमध्ये २ जना नेपाली रहेको दुबई स्थित नेपाली दुतावासले जनाएको छ |
त्यँहाको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाभाइरसको संक्रमण फैलिन नदिन युएई सरकारले उच्च सतर्कता अपनाएको र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उपचार गरिरहेको छ | दूतावासले जारी गरेको सूचनामा भनिएको छ,"विश्व स्वास्थ्य सङ्गठनले युएई सरकारका सम्बन्धित निकायहरु र यस दूतावासले मार्च २ मा जारी गरेको जानकारी मूलक सुचना एवं अन्य आधिकारिक सूचना अनुरुप व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनहुँन युएइमा रहेका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई नेपाली दूतावासको अनुरोध छ, |"
त्यस्तै कोभिड-१९ को बिषयलाई लिएर आत्तिने वा तनाबलिने भन्दा पनि सतर्कता अपनाउने कुरामा बढी जोड दिन दूतावासले अनुरोध गरेको छ | कोरोनाभाइरस संक्रमणको आशंका लागेमा त्यंहाको स्वास्थ्य विभागमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ |
दुबईमा रहेका नेपालीहरुले कोरोनाभाइरसको आशंका लागेमा निम्न निकायमा सम्पर्क गर्न दुतावासले आग्रह गरेको छ |
१.Department of Health, United Arab Emirates - 8001717
२.Ministry of Health and Prevention, United Arab Emirates - 80011111
३.Dubai Health Authority - 800342
४.Embassy of Nepal, Abu Dhabi- 026344767 or 6344385