बिदेशमा हुने नेपालीलाई आयो खुसिको खबर : स्वदेश फर्काउँदै नेपाल सरकार



सरकारले विदेशमा अलपत्र नेपालीलाई प्राथमिकताका आधारमा आगामी सातादेखि फिर्ता ल्याउने तयारि गरेको हो।

जहाजबाट ल्याएपछि स्थानीय तहको क्वारेन्टाइन्ससम्म पुर्‍याउने गाडी ब्यवस्था गर्नेलगायतका तयारी अन्तिम चरणमा पुगेको छ। यसको औपचारिक निर्णय उपप्रधान  तथा रक्षा मन्त्री ईश्वर पोखरेल संयोजक रहेको उच्चस्तरीय समितिले गर्नेछ।
विदेशमा अलपत्र नेपालीले घर फर्कन पाँउ भन्दै दूतावास घेर्ने, समाजिक सञ्जालमा लेख्ने, सरकारलाई खुला पत्र पठाउने र सञ्चार माध्यमले पनि बारम्बर कुरा उठाउन थालेपछि सरकार उनीहरुलाई फिर्ता ल्याउन बाध्य भएको हो। यो खबर अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।
यस्ता सामान्य ८ कुराले कोरोना सङ्क्रमण बढ्न दिँदैन: डा. रवीन्द्र पाण्डे
१. थुक्ने बानी बन्द गरौँ : सार्वजनिक स्थानमा थुक्नु असभ्यताको परिचय मानिन्छ | अहिले कोरोना सङ्क्रमणको जोखिम बढेको समयमा बाटोमा, चौरमा तथा अन्य स्थानमा थुक्दा सङ्क्रमित व्यक्तिले रोग सार्ने ठुलो माध्यम बन्छ | थुकमा कोरोना भाइरस २४ घण्टासम्म बाँच्न सक्ने अनुसन्धानले देखाएको छ | देखिने थुक तथा नदेखिने कण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ | खैनी, पान, गुट्खा, पान मसला, सुपारी, चुंइगम, भित्र दाना भएका साना फल आदि खाएर खुलेआम थुक्ने बानी आजैदेखि बन्द गरौँ |
२. मास्क, पन्जा आदि जथाभाबी नफालौं : आजकाल बाटो, पार्क, चौर लगायत सार्वजनिक स्थानमा मास्क, पन्जा, हात सफा गरेको कपास, चुरोटको ठुटो जथाभाबी फ्याँक्ने प्रचलन बढेको छ | ती सामान चरा, कुकुर तथा सवारी साधनले विभिन्न ठाउँमा पुर्‍याउन सक्छन् | बालबालिकाले समाउने तथा खेल्ने गर्न सक्छन् | यो अभ्यासले सङ्क्रमण एक ठाउँबाट अर्को ठाउँमा पुग्न सक्छ | तसर्थ आफूले प्रयोग गरेका मास्क, पन्जा, कपास आदि फोहोर जम्मा गर्ने ठाउँमा वा घरभित्र खाडल खनेर त्यसमा राख्ने अनि नष्ट गर्ने गरौँ |
३. घरेलु पशुपंक्षीजन्य फोहोरको ब्यबस्थापन गरौँ : कुकुर, कुखुरा लगायत पशुपंक्षी पाल्ने व्यक्तिले बाटोमा दिशापिशाब गराउने काम नगरौं | कुकुर, कुखुरालाई पनि होम क्वारेन्टाइनमा राखौं | कुकुरका खुट्टाले संक्रमण घरभित्र ल्याउन सक्छ | त्यस्तै मल्मुत्रलाई घरमा खाडल खनेर त्यहि राख्ने गरौँ |
४. बाटो सफा राखौं : आफ्नो घर अगाडिको बाटो सफा गर्ने बानी बिकास गरौँ ।बाटोमा रहेका सुर्ती, चुरोट, गुट्खा, जंक फुड लगायतका खोल बढारेर एउटा खाडलमा राखौं । हावा तथा पशुपंक्षीले यी खोललाई घरभित्र ल्याउन सक्छ ।
५. जुत्ताचप्पल तथा आफ्नो सबारी साधनको टायर सफा गरौँ : जुताचप्पल तथा टायरमा संक्रमितको म्युकस, संक्रमितले फालेका मास्क, कपास लगायतका पदार्थ घरभित्र आउन सक्छन | तसर्थ घरबाहिर साबुनपानीले राम्रोसंग जुत्ताचप्पल सफा गरेर घाममा सुकाउने गरौँ | त्यस्तै टायरलाई राम्रोसंग धुने गरौँ ।
६. सुरक्षित बनौं : घरबाहिर निस्कदा मास्क, चस्मा, पंजा लगाउने बानीको बिकास गरौँ । त्यस्तै विन्डचिटर, ट्राउजर र साबुनपानीले धुन मिल्ने सेन्थेटिकको जुत्ता लगाउने गरौँ । बाहिरबाट घर आएपछि ती कपडा, मास्क, पंजालाई घर बाहिर राख्ने गरौँ ।
७. सफाइका सामान राखौं : घरको गेटनेर, मुल ढोकानेर, हरेक बाथरुममा, किचनमा, डाइनिंग हल, बेडरुम, बरण्डा आदिमा स्थान अनुसार ह्याण्ड स्यानिटाइजर, साबुनपानी, सफा टावेल अटुट रुपमा राख्ने गरौँ । यी सामान बच्चाको पहुँच नहुने गरि राखौं ।
८. सौचालयको सफाइ : भारत लगायत धेरै देशमा सौचालयबाट कोरोना फैलिएको समाचार आइरहेका छन् । सम्भव भएसम्म छुट्टाछुट्टै सौचालय प्रयोग गरौँ । प्रयोग गरेपछि सफा गरौँ । कमन ट्वाइलेट भएको ठाउँमा पालो गरेर दिनको ३ पटक साबुनपानी, क्लोरिन झोल र लाइसोलले सफा गरौँ । प्रयोग गरेपछि हरेक व्यक्तिले सफा गरौँ । सार्वजनिक सौचालय, कार्यालयको सौचालय तथा साझा सौचालयमा सरसफाई नियमित गर्ने प्रबन्ध गरौँ | त्यस्ता सौचालयमा साबुन, स्यानिटाइजर राख्ने गरौँ | सौचालयको ह्याण्डील, चुकुल आदि छुनु अघिं र छोएपछि हात धुने / छोएका स्थानलाई स्पिरिटले सफा गर्ने गरौँ ।
सबैको जानकारीको शेयर गर्नुहोस !!
Previous
Next Post »